RUMPUM
animated ellipse animated ellipse

पाँच महिनामा १९७ जना फरार प्रतिवादी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०८०, बुधबार १८:४६
117
Shares
विराटनगर / मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले मंगलबार र बुधबार मात्र १४ जना फरार प्रतिवादी पक्राउ गरेको उनले बताए ।

१९७ जना फरार प्रतावदीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाई ५२ बर्ष ८ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३६४ रुपैयाँ जरिवाना असुल भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर