AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भलिबलमा रेडस्टार,विकेभिएम, कान्तिपुर र राष्ट्र निमार्ण विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८२, बिहीबार १८:१६
144
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान भलिबलमा छात्रतर्फ मोडर्न एरा कलेज, शिक्षादिप कलेज तथा छात्रातर्फ राष्ट्र निमार्ण, बुद्ध र शिक्षा सन्देश कलेज विजयी भएका छन् ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले मोरङ मोडेल कलेजलाई २५–२१ र २५–२२ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच मोरङ मोडेलका राजेश मरण्डी घोषित भए ।

दोस्रो खेलमा बुद्ध कलेजले अर्किड कलेजलाई २५–२१ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच बुद्धका सन्देशकुमार मगर घोषित भए ।

तेस्रो खेलमा शिक्षा सन्देश कलेजले अरनिको कलेजलाई २५–२०, २१–२५ र २५–२३ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्ष सन्देशका अविशेक श्रेष्ठ घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा अरनिको कलेजले मोडर्न एरा कलेजलाई २५–२२, २५–२७ र २५–९ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच अरनिकोकी श्रीया लिम्बु घोषित भइन् ।

दोस्रोे खेलमा शिक्षादिप कलेजले कान्तिपुर कलेजलाई २५–१८ र २५–१४ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादिपकी रोसा वस्ती घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर