पूर्वाञ्चल खबर

टस जितेर ब्याटिङको गरेको इलाइटले सिद्धार्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन बनाउँदा राजु विश्वकर्माले ४० रन बनाए । मिल्सका वैभव राजले २ लिँदा सुधिर कामत,रेहान शेख,विधान गोस्वामी र नरेन्द्र कर्णले १–१ विकेट लिए ।
जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ३७ रन मात्र बनाउँन सक्यो । मिल्सका विधान गोस्वामीले सर्वाधिक ४२ रनको योगदान दिए । इलाइटका राजु विश्वकर्माले ३ विकेट लिँदा मनिस कामतले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच इलाइतका राजु विश्वकर्मा घोषित भए ।