AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गगन थापा र विश्वप्रकास शर्मा काँग्रेसबाट ५ वर्षका लागि निष्काशित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०८२, बुधबार १६:३०
63
Shares
विराटनगर /नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको हो।

बैठकले उनीहरूलाई पार्टीको विधानविपरीत कार्य गरेको र पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेको निष्कर्ष निकाल्दै आगामी ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेको हो।

संस्थापन पक्षले पार्टीको आधिकारिक निर्णय र निर्देशनलाई चुनौती दिँदै छुट्टै गतिविधि सञ्चालन गरेको आरोप उनीहरूमाथि लगाएको छ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज विहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन । विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिए । सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ । निर्वाचन समितिले अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर