विराटनगर / मोरङ उद्योग ब्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट एक्स्पोमा मंगलबार राती गायीका मेलिना राईको प्रस्तुती रहेको थियो ।
पुस ९ गतेदेखि विराटनगर–१ पोखरियामा शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा शमंगलबार राती ६ बजे ४० मिनेटमा स्टेट चडेकी गायीका राईको प्रस्तुतिले एक्स्पोको उपस्थित दर्शक नाचेका थिए । अहिलेकी पुस्तामा निकै नै लोकप्रिय गायीका राईले करिव ४० मिनेटको प्रस्तुतिमा आफ्नो लोकप्रिय गित गाएकी थिइन् ।
गायक राईले कुटुमा कुटुम, चिसो चिसो छ मौसम, हावा चल्यो सिरिरि, र हे माया थय ठिटोलगायतका आफ्नो चर्चित गित प्रस्तुति दिँदा दर्शक नाचेका थिए । तस्वीरहरु पुष्पराज थपलिया