पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताएका छन् ।
राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकोले निर्वाचनमा सक्रिय रुपमा सहभागीता हुने बताएका हुन् ।अध्यक्ष लिङ्देनले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकोले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको एजेण्डा जनतालाई वुझाउनु कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिए । उनले भने‘ जेनजी पुस्ताको विद्रोह भ्रष्टचारको अन्त्य र सुशासन कायम गर्नु हो , निर्वाचन होइन ।’
अध्यक्ष लिङ्देनले जेनजी पुस्ता सहित मुलुकमा विद्यमान सबै शक्तिवीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका मागहरु समाधान गर्न आग्रह गरे।
अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवल शम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुव्वा लगायतले नयाँ र पुरा गणतन्त्रवादी एउटै भएकोले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन जनताको घरदैलोमा जान आग्रह गरे ।