AArya
RUMPUM
animated ellipse animated ellipse

पौडेल खड्का समाजको महाधिवेशन फागुनमा 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ मंसिर २०८२, आईतवार २१:०१
189
Shares
इटहरी / पौडेल खड्का कुल वंश सेवा समाजको केन्द्रीय समितिको प्रथम बैठक इटहरीमा सम्पन्न भएको छ ।

बैठकमा समाजका संगठनात्मक, नीतिगत तथा भावी कार्यक्रमसम्बन्धी १० वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको छ ।
गत असोज २७ गते इटहरीमा सम्पन्न १० जिल्लाका पौडेल खड्काहरूको भेलाबाट १७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

अध्यक्ष डम्बरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष टेकबहादुर खड्का, महासचिव सञ्जीवकुमार खड्कालगायत रहेको तदर्थ समिति गठन गरिएको थियो ।  बैठक सुरु हुनुअघि समाजका अग्रज डिल्लीबहादुर खड्काले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

समाजको बैठकले यही फागुन ३० गते इलामको चुलाचुलीमा महाधिवेशन गर्ने लगायतको निर्णय भएको महासचिव सञ्जीवकुमार खड्काले जानकारी दिए । सो अवसरमा समाजकी पूर्वअध्यक्ष निर्मला खड्कालाई समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर