AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्तर्राष्ट्रिय फोरममा विराटनगरको एभरेष्ट स्कुलको सहभागिता बढ्दो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०८२, मंगलवार १८:०८
63
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता बढाउँदै लगेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको एभरेष्टले विभिन्न शैक्षिक फोरमहरुमा आफ्ना विद्यार्थीको सहभागिता बढाउँदै लगेको हो । अन्तर्राष्ट्रियस्तरका विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै एभरेष्टले शैक्षिक गतिविधि अघि बढाएको छ ।

यसै वर्ष एभरेष्टका कक्षा १२ का विद्यार्थी इशल भट्टराईले भदौमा थाइल्याण्डमा सम्पन्न सेमिफाइनल राउण्डमा उत्कृष्ट हुँदै फाइनलका लागि छनौट भएका थिए । फाइनल स्पर्धाको लागि आज उनी चीन प्रस्थान गर्न लागेका हुन् । चाइना डेलीको आयोजनामा जेजिङको ह्याङ्जुमा हुने ‘सिक्स्थ बेल्ट एण्ड रोड इङ्लिस कम्पिटिसन’ स्पर्धामा विश्वभरबाट छानिएर आएका प्रतिष्पर्धीहरुबिच वक्तृत्वकला प्रतियोगिता हुनेछ । अमेरिका–क्यानडा, चीन लगायत विश्वभरबाट छनौट भएका प्रतिष्पर्धीहरुसँग आफूले भाग लिनु अवसरको रुपमा लिएको विद्यार्थी भट्टराईले बताए।

‘अहिलेको डिजिटल युगमा विश्व नागरिकका हैसियतले कसरी हामी विभेदहरू हटाउँदै एक आपसमा जोडिएको संसार निर्माण गर्न सक्छौं’ भन्ने शिर्षकमा यस अघि थाइल्याण्डमा भाग लिएका विद्यार्थीहरु मध्ये नेपालबाट आफ्नो उत्कृष्ट विचार प्रस्तुत गरेर एभरेष्टका भट्टराई र काठमाडौंको काब्या स्कुलकी चारु आचार्य फाइनलका लागि छनौट भएका हुन्।

सोमबार वक्तृत्वकला प्रतियोगितामा भाग लिन चीन प्रस्थान गर्न लागेका भट्टराईलाई आइतबार विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सफलताको शुभकामना सहित विदाई गरे। यसैगरि एभरेष्टका १२ जना विद्यार्थी असोजमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यासमा भाग लिन भियतनाम गएका थिए । अब अर्को वर्ष विद्यार्थीहरु यस्तै शैक्षिक फोरममा भाग लिन क्यानडा जाने तयारी भइरहेको एभरेष्टका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए।

अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार र शैक्षिक वातावरण तयार पारेको एभरेष्टले यस्ता फोरमहरूबाट विद्यार्थीमा आत्मविश्वास बढ्ने, विश्वको संस्कृति बुझ्न सहयोग पुग्ने र त्यहाँका विकासक्रमलाई समेत नजिकबाट चिन्न सहयोग पुग्ने विद्यालयको विश्वास छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भने,‘हामी हाम्रो उद्देश्यमा दृढ छौं, यहीबाट अन्तर्राष्ट्रिय शिक्षा दिन्छौं । त्यसका लागि हामीले सोहि अनुसारको वातावरण तयार गरेका छौं ।’ उनले अन्तर्राष्ट्रिय फोरमहरुमा पनि अब्बलता प्रमाणित गरेर विद्यार्थीले एभरेष्टको शैक्षिक गुणस्तरलाई पुष्टि गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर