AArya
RUMPUM
animated ellipse animated ellipse

अनेमसंघ मोरङको अधिवेशन तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७३, बिहीबार १२:३४
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, कात्तिक २५ गते । नेकपा (एमाले) को भगिनी संगठन अखिल नेपाल महिला सघ मोरङको छैठौं जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । नयाँ नेतृत्व चयन समेत गरिने यो अधिवेशन मङ्सिर १० र ११ गते कोशीहरैंचा नगरपालिकास्थित विराटचोकमा आयोजना गरिने भएको छ ।

मोरङ पार्टी प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए अनुसार तीनहजारभन्दा बढी सगठित सदस्य रहेको अनेमसंघको अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न जिल्ला अध्यक्ष कृष्णा राईको संयोजकत्वमा ७५ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं कोशी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यतामा वुधवार विराटनगरमा आयोजित भेलाले अधिवेशन तयारीका विषयमा छलफल गरी विभिन्न निर्णय समेत गरेको प्रचारविभाग प्रमुख चौधरीले जानकारी दिए ।
उनका अनुसार तयारीलाई प्रभावकारी बनाउन यही कात्तिक ३० गते अधिवेशन आयोजनास्थलमा विस्तारित बैठक गरिनेछ । सो क्षेत्रका जिल्ला कमिटी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, इलाका इन्चार्ज तथा उपलव्ध विभिन्न तहका नेताहरुको भेलामा सहभागिता रहने छ ।

अधिवेशन तयारीका लागि विभिन्न उपसमिति बनाइएको छ ।
विमला घिमिरेको सयोजकत्वमा आर्थिक उपसमिति, शीला दिक्षितको संयोजकत्वमा प्रतिनिधि छनोट उपसमिति, मालती सुब्बाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, कमला मास्केको सयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, सरस्वती खरेलको संयोजकत्वमा साँस्कृतिक तथा राधा पोखरेलको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति गठन गरिएको हो ।

हिजोको भेलामा एमालेका केन्द्रीय सस्यहरु, अनेमसंघका विभिन्न तहमा रहेका नेत्रीहरु र पार्टी जिल्ला कमिटीका अध्यक्ष महेश रेग्मी लगायतको वृहद उपस्थिति रहेको प्रचारविभाग प्रमुख चौधरीले जानकारी दिए ।

अधिवेशन उद्घाटनको प्रमुख अतिथि को हुने भन्ने बारे छिट्टै टुङ्गोमा पुग्ने पनि जनाइएको छ । अधिवेशनमा क्षेत्रगत रुपमा उपस्थिति गराइने छ । प्राप्त जानकारी अनुसार क्षेत्र नं. १,६ र ७ बाट कम्तीमा २००÷२००, क्षेत्र नं. २,३,८ र ९ बाट ५००÷५०० तथा क्षेत्र न. ४ र ५ बाट कम्तीमा १००÷१०० को उपस्थितिलाई अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर