RUMPUM
animated ellipse animated ellipse

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७७, मंगलवार १९:०९
1.71k
Shares
विराटनगर/ मोरङ अदालतले ठगी मुद्दामा ३ महिना कैद र १ लाख ५२ हजार रुपैयाँ जरिवनाको फैसला गरेको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले कैद र जरिवना तोकिएको विराटनगर महानगरपालिका १५ का २५ वर्षिय विशालकुमार रायलाई पक्राउ गरेको हो । पक्राउ परेका रायलाई मोरङ अदालत उपस्थित गराएर कैद सजायको लागि कारागार पठाएको छ ।

ठगी मुद्दामा मोरङ अदालतले २०७५ असार १० गते १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको फैसला गरेको छ । अदालतले कैद र जरिवना तोकेपछि उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर