AArya
RUMPUM
animated ellipse animated ellipse

राज्यको नियन्त्रणमा रहेको मोरङ्गमा आठ महिनाको अवधिमा ८ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०८२, आईतवार १९:००
36
Shares
विराटनगर / मोरङ्गमा आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको छ ।

मानव अधिकारको क्षेत्रका क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्याङ्क अनुसार मोरङ्गमा आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक जना महिला र सात जना पुरूष गरी आठ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना र मोरङ्ग कारागारमा रहेका सात जनाको मृत्यु भएको छ । सबैभन्दा पछिल्लो मृत्यु मोरङ्ग कारागारको महिला सेलमा भएको छ । महिला सेलमा रहेको शौचालयमा पासो लगाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराईले ०८२ भदौ ११ गते आत्महत्या गरेसँगै आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको हो ।

मोरङ्ग कारागारमा वेलवारी नगरपालिका–४ का ६७ वर्षीय अम्बरबहादुर राईको ०८१ पुस २० गते मृत्यु भएको थियो । त्यसयता कारागारमा रहेका ६ जनाको मृत्यु भइसकेको छ । राज्यको सुरक्षा र नियन्त्रण घेरामा रहेकाहरुको नियमित जस्तो मृत्युले कारागार सुरक्षित भन्दा असुरक्षित हुँदै गएको छ । ०८२ पुस २० गतेयता मोरङ्ग कारागारमा रहेका पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको ०८१ फागुन २९ गते, उर्लावारी नगरपालिका–१ का ४३ वर्षीय मित्रकुमार दनुवारको ०८२ वैशाख १५ गते, रामेछापको दोरम्बाशैलुङ्ग गाउँपालिका–२ का ५४ वर्षीय प्रविण तामाङ्गको ०८२ वैशाख २९ गते, सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको ०८२ असार १० गते, विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको ०८२ असार २५ गते कारागारमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको ०८२ जेठ २० गते मृत्यु भएको छ । राज्यको नियन्त्रणमा रहेकाहरुको एकपछि अर्को मृत्यु हुँदै गएपछि इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले शुक्रवार मोरङ कारागारको अनुगमन गरेका छन् ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखेरलको नेतृत्वमा बाल अधिकारकर्मी वासु अधिकारी, अधिकारकर्मी शोभा बजगाईसहितको टोलीले जिल्ला कारागारका जेलर गौरवसँग कारागारको अवस्थाका बारेमा जानकारी लिएको छ । महिला कैदीले झुण्डिएर आत्महत्या गरेपछि कारागारमा रहेका अरु महिलाकैदी तथा थुनुवाहरुमा भय सिर्जना भएको पाइएको छ । कारागारको नयाँ भवनमा कैदीहरुलाई स्थानान्तरण गरेपनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेका कारण समस्या हुने गरेको जेलर ढुङ्गेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर