AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. निमिषा दास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०८२, सोमबार १८:३९
108
Shares
विराटनगर / नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको अध्यक्षमा डा. निमिषा दास सर्वसम्मत निर्वाचित भएकी छिन्।

विराटनगरमा सम्पन्न अधिवेशनबाट उनी आगामी दुई वर्ष अर्थात् २०७९–०८४ कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. अभिषेककुमार, महासचिवमा डा. कमरुल हक, कोषाध्यक्षमा डा. धिरजकुमार मण्डल, तथा सह–सचिवमा डा. आदित्य साह निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा डा. मिरा ठाकुर, डा. शेखरकुमार मण्डल र डा. मो. रिजवान अली चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै निर्वाचन अधिकृत डा. रितेश गिरीले मोरङ शाखाले आगामी दिनमा जिल्लामा कार्यरत दन्त चिकित्सकहरूको हक–हितको संरक्षण, पेशागत सशक्तीकरण, र दन्त स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर