पूर्वाञ्चल खबर
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । महामन्त्री थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताए । उनले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नु पर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको क्रियाशील सदस्यहरुको नवीकरण एवं सदस्यता छिनोफानो गर्नु पर्ने कुरामा जोड दिए ।
महामन्त्री थापाले नेपाली कांग्रेसका नेताहरुले आफ्ना जिम्मेवारी समयमै पूरा गर्नु पर्ने धारणा राख्दै सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिरहेको बताए । उनले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नु पर्ने बताउँदै सरकारले गरिरहेका कामको समीक्षा हुनु पर्ने बताए ।
महामन्त्री थापाले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको उनले बताए । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने बताए ।
उनले भने,‘ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्दर्भमा थुप्रै काम गर्नुपर्ने छ ।’