खबर पूर्वाञ्चल
आज विराटनगर विमानस्थलमासञ्चारकर्मीहरुसंग कुरा गदै डा. कोराइरालाले सो कुरा बताएका हुन् । उनले विगतमा अरुण तेश्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्व प्रधानमन्त्रीहरुवीच छलफल गरी यो विकासको योजनालाई सहमती कायम गरि पास गर्नुपर्नेमा जोड दिए ।
साथीभाईसंग सल्लाह गरेर मात्र आफुले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने समेत डा. कोराइरालाले बताए । उनले भखर्रै वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पारे ।
नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा डा. कोराइरालाले जोड दिए । उनले काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गर्नुपर्ने बताए ।
दुई प्रदेश मध्ये एक प्रदेशको नेतृत्व काँग्रेसले पाउनु पर्छ भन्दै गठनवन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री दावी गर्नु गैर जिम्मेवारी हो भन्दै डा. कोराइरालाले प्रदेश १ वा वाग्मती मध्ये एक प्रदेशमा मुख्यमन्त्री काँग्रेसले दावी गर्ने बताए ।
वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्छ तर चुनावी तालमेलमा जानु हुदैन नेता कोइरालाले बताए ।
तपाईको प्रतिक्रिया