AArya
RUMPUM
animated ellipse animated ellipse

युवाहरुलाई स्वदेशमा रोजगारप्रति आकर्षण वृद्धि गर्न सीप उत्सव हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ जेष्ठ २०८२, बिहीबार १७:४०
54
Shares
विराटनगर/ युवाहरुलाई स्वदेशका उद्योग व्यवसायमा आकर्षित गर्नका लागि विराटनगरमा दुई दिने शिप उत्सव–२०८२ को आयोजना हुने भएको छ ।

उद्योग संगठन मोरङ, इन्स्योर हेल्भेटास, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा यही जेठ १० र ११ गते आयोजना हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतिस्पर्धा र्लाइभ तालीम,वृत्ति परामर्श, सीप प्रतिस्पर्धाको आयोजना हुने संगठनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मलनमा जानकारी दिइयो ।

उत्सवको माध्यमबाट तालीम प्रदायक, उद्योग प्रतिष्ठानहरु, नेपाल सरकारका सरोकारवालाहरु पक्षहरु र प्रशिक्षार्थीहरुवीचको समन्वय थप प्रगाढ बनाई आगामी दिनमा उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन,उत्पादित जनशक्तिलाई रोजगारका अवसरमा सुनिश्चितता गर्न उत्सवको आयोजना गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

रोजगार प्रदायक, तालीम प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थानमा भेला पारी सीप विकासको विविध आयामहरुको वारेमा जानकारी गराउने, प्राविधिक शिक्षा,सीप तालीमको महत्ववारे सूचना प्रवाह गरी आकर्षण वृद्धि गराउने, वाहिरी प्रााविधिक जनशक्तिका माथिको निर्भरता कम गरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलव्ध रहेको सन्देशप्रवाह गर्ने उद्देश्य रहेको छ ।

यस्तै निजी क्षेत्रको अग्रसरतामा सीप दक्षता र अनुभव साटासाटको वातावरण तयार पर्ने,प्रशिक्षार्थीहरुको सीप प्रस्तुत गर्ने र विद्यालय– उद्योग सहकार्यलाई थप प्रगाढ वनाउने, रोजगारीका अवसरहरु पहिचान र प्रवद्र्धन गर्ने जस्ता उद्देश्य उत्सवको रहेको छ ।

शिक्षा र सीपलाई रोजगारीसँग जोड्ने व्यवहारिक सीपमा आधारित सिकाई प्रवद्र्धन गर्ने र उद्योग– शिक्षा सहकार्यको नमूनाको उत्सव हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर