AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बलराम पोखरेलको आत्म वृत्तान्त जीवनी लोकार्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०८२, शनिबार १७:५२
81
Shares
विराटनगर /वरिष्ठ साहित्यकार बलरामपोखरेलद्वारा लिखित आत्म वृत्तान्त जीवनलोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाज कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्म वृत्तान्त जीवन लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकारहरु कविराज न्यौपाने, नारायणप्रसाद आचार्य, हरि कट्टेल, आयोजक संस्थाका प्रदेश संयोजक कृष्णप्रसाद भण्डारी मार्सेली, मेदिनीप्रसाद शर्मा नेपाल, चिकित्सक डा. हेमसागर रिमाल, शिक्षासेवी लेखनाथ घिमिरे, जीवन काफ्लेलगायतले संयुक्त रुपमा पु्स्तकको विमोचन गरे ।

पुस्तकमाथि समालोचक प्राडा हरिहर भण्डारीले समीक्षा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि आचार्यसहित अन्य अतिथि, लेखक बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष मार्सेली, उपाध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुस्तकमा वरिष्ठ साहित्यकार पोखरेलले आफ्नो जीवनमा भोगेका विभिन्न घटना क्रमलाई समेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर