माछा पोखरिमा डुबेर दुई बालिकाको मृत्यु

खबर पूर्वाञ्चल, ३० भाद्र २०८०, शनिबार १५:२२
207
Shares
विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको आज विहान मृत्यु भएको हो ।

बालिकाहरु डुबेर घाइते भएको अवस्थामा आज बिहान स्थानीय बासिन्दाले फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएकोमा उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५