उर्लाबारी, २४ चैत / चन्दने युवा समाज उर्लाबारी–३ ले मंगलबारेमा त्रिकोण आकारको स्ंतम्भ निर्माण सुरु गरेको छ ।
आज एक कार्यक्रमका बीच उक्त स्तम्भको शिलान्यास गरिएको हो ।
जेष्ठ नागरिक जीतबहादुर निरौला र हर्कबहादुर बोहोराले सो स्तम्भको शिलान्यास गरेका छन् । करिब १ लाख रुपैयाँको लागतमा बन्ने स्तम्भ चन्दनेको पहिचानका रुपमा बन्ने समाजका सह–संयोजक सुमित थापाले जानकारी दिए ।
बंगाले थापा ईटा उद्योगबाट आवश्यक ईटा सहयोग गर्ने भएको छ । त्यस्तै, स्थानीयबासीको पनि स्तम्भ निर्माणमा सहयोग रहने जनाइएको छ । युवाहरुको माध्यमबाट समाज रुपान्तरणमा संघाउ पु¥याउने उद्देश्यले उक्त समाज गठन गरी विभिन्न सामाजिक कार्य गर्दै आएको संयोजक सुमन कुईकेलले जानकारी दिए ।