AArya
RUMPUM
animated ellipse animated ellipse

मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०७९, शनिबार ११:०२
756
Shares
विराटनगर / विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् ।

भारतको अररिया घर भएका सुशीलकुमार मण्डलको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएपछि आफन्तहरू सम्पर्क विहीन भएका हुन् ।

नवजात शिशु बिरामी भएपछि साउन ३१ गते गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएको नवजात शिशुको उपचारको क्रममा भदौ २ गते मृत्यु भएको थियो । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरू सम्पर्क विहीन भएको अस्पतालका प्रबन्धक सन्तोष मेहताले बताए ।                                                                                                                ‘मृतकका बाबु र आमाहरू पटक–पटक फोन सम्पर्क गरिम । उनीहरूसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘यसरी मृतक शिशुलाई छोडेर आफन्त बेपत्ता हुँदा शव व्यवस्थापनमा समस्या भएको छ ।’ आफन्त सम्पर्कमा नआएपछि प्रहरीको उपस्थितिमा विराटनगर महानगरपालिकालाई शव व्यवस्थापनको लागि जिम्मा दिने तयारी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर