AArya
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङमा खस्यो २६ सय मत, राती साढे १० बजेदेखि मतगणना गर्ने तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०८१, मंगलवार २१:४५
225
Shares
विराटनगर / मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ ।

विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ५ हजार ९८४ जना मतदातामध्ये ४३.९३ प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी अनुपस्थित रहे ।

निर्वाचनका लागि १५ वटा मतदानस्थल बनाईएको थियो । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । आजै सर्वदलीय बैठक बसेर राती साढे १० बजेदेखि मतगणना गरिने निर्वाचन अधिकृत डा. सुशील अधिकारीले बताए  । उनका अनुसार अब सवै विद्यार्थी संगठनका नेताहरुसङ्ग छलफल गरेर  मतगणना सुरु गर्ने बताए । मत परिणाम भोलि दिउँसोसम्ममा आउँने निर्वाचन अधिकृत डा. अधिकारीले बताए ।

यस्तै विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको स्ववियु निर्वाचनमा ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता थिए । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर