AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ अधिवेशन : ९ सय ११ मध्ये ८ सय ८८ जनाले मतदान गरे, मतगणना भोलि पार्टी कार्यलयमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८१, बुधबार २१:१५
135
Shares
विराटनगर / नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ ।

आज सम्पन्न मतदानमा ९ सय ११ मतदाता रहेकोमा ८ सय ८८ मत खसेको छ । १० औंं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि आज बिहानबाट मतदान सुरु भएको थियो ।

२३ जना उपस्थित भएनन् । विहान १० वजेदेखि शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको छ । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि अधिवेशन स्थल विराटनगर स्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना पार्टी कार्यालय विराटनगर पाञ्चालीबाट भोलि विहान देखि गरिने निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

अधिवेशनमा दुई समूहवीच प्यानलगत प्रतिस्पर्धा छन् । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर) प्रतिष्पर्धामा रहेका छन् ।

अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर