पूर्वाञ्चल खबर
पहिलो खेलमा अर्किड स्कुलले न्यू मून स्कुललाई ३० रनले पराजित गरि उपाभि नजिक प्रवेश हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ९ विकेट गुमाई ९३ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका निखिल राँयले ३ विकेट लिए ।
९४ रनको लक्ष्य पछ्याएको न्यू मूनले १३ ओभरमा सवै विकेट गुमाई ६३ मात्र बनायो । न्यू मूनका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । अर्किडका प्लेयर अफ म्याच भिस्म कामतले ३ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले राइजिङ नेपाल स्कुललाई १ विकेटले पराजित गरि उपाभि नजिक प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८० रन बनाएको थियो । राइजिङलागि अरमान खानले सर्वाधिक २८ रनको योगदान दिए । सरस्वतीका विकाश कामतले २ विकेट लिए ।
८१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १९ ओभरमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक २६ रनको योगदान दिए । राइजिङका आमिर आलमले–३ विकेट लिए ।