AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०८०, आईतवार १७:२३
270
Shares
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले अब कोशीको राजनीतिक संकट हटेको बताएका छन् ।

आज पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीुँग कुरा गर्दै कोशीमा प्रदेशसभा विघटन हुन्छ कि मध्यावतीमा जान्छ कि भन्ने चिन्ता हटेको बताएका हुन् ।

‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने जनतामा चिन्ता र चासो थियो। राज्यको ढुकुकी बीचमै खर्च हुने पो हो कि भन्ने चिन्ता थियो त्यो हटेको छ,उनले भने कोशीमा राजनीतिक संकट समाधान भएको छ।’

मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने बताए। उनले सहमतिको सरकारका लागि ढोका खुला रहेको समेत बताए । यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेको मुख्यमन्त्री कार्कीले बताए। सहमतिको सरकार लागि ढोला खुला छ।’

मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिकलगायत विभिन्न विषयमा वार्ता,छलफल र सहमतिका आधारमा टुंगो लगाउने बताए । उनले प्रदेशको समृद्धिका लागि हातेमालो गर्दै अगाडि जाने समेत बताए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकास पनि सरकारको प्राथमिताका रहने बताए।

कार्की कांग्रेस ८ विद्रोही साँसद र एमालेका ३९ सांसदको समर्थनमा हिजो मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर