AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा पोष्ट अपरेटिभ वार्ड सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०८१, मंगलवार १८:२९
189
Shares
विराटनगर / कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शैय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ ।
अस्पतालमा उपलव्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटर सहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।
शल्यक्रियापछि विरामीलाई राख्न उक्त वार्ड आवश्यक रहेको थियो । यसअघि शल्यक्रिया पछि विरामीलाई  आइसियु तथा विरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी विरामीलाई गुणस्तर स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताइन् । उनले अस्पतालमा हाल नसिङ्ग जनशक्ति प्रयाप्त रहेको वार्ड सञ्चालन गर्न सहज भएको बताउँदै  दैनिक आठ विरामीको शल्यक्रिया गरिदै आएको छ । अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकहरुले सेवा लिइरहेका छन् ।
कोशी अस्पतालमा प्रदेशका ठूलो अस्पताल हुनुका साथै यहाँ जाडो मौसममा  दैनिक नौ सय र गर्मी मौसममा एक हजार तीन सय विरामीले वहिरङ्ग सेवाप्राप्त गरिरहेका छन् । नेपालको जेठो अस्पताल हुनुका साथै १३० वर्ष पुरानो भएको अभिलेखमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर