AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सञ्चार सम्वन्धी कानून निर्माणमा प्रेस चौतारीले नेतृत्वदायी भूमिका निर्माण गरेको छ : अध्यक्ष वस्नेत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० माघ २०८१, बुधबार २१:४८
72
Shares
विराटनगर / प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेतले सञ्चार सम्वन्धी कानून निर्माणमा प्रेस चौतारीले नेतृत्वदायी भूमिका निर्माण गरेको बताएका छन् ।

प्रेस चौतारी नेपालको दोस्रो कोशी प्रदेश अधिवेशन उद्घाटन गदै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष वस्नेतले संगठनको हित विपरीत गर्नेहरूलाई संगठनले जिम्मेवारी नदिइने बताए । सामाजिक सञ्जाल नियमक विधेयक राम्रो रहेको टिप्पणी समेत गरे ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानका लागि चालेका कदमहरूलाई प्रेस चौतारीले उच्च महत्व दिएको उनले बताए । अध्यक्ष अधिवेशनमा नेकपा एमाले प्रचारप्रसार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश प्रमुख लक्ष्मण तिवारी, नेकपा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा, नेपाल पत्रकार महासंघ कोशी अध्यक्ष भरत खड्का, नेकपा एमाले मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की, चौतारी प्रदेश अध्यक्ष अविजाल विष्ट, उपाध्यक्ष सुमन पुरी , नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठ, प्रेस सेन्टरका प्रदेश अध्यक्ष राजन राईलगायतले लोकतन्त्रको स्थापनामा चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर