पूर्वाञ्चल खबर
जुस किन्ने विषयमा विवाद हुँदा फलफूल पसलका सञ्चालक ३५ वर्षीय खेमराज भट्टराईमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुस किन्न भनेर पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का १८ वर्षीय कौशल बस्नेत र उनका भिनाजु २५ वर्षीय क्रिस चौधरीले भट्टराईलाई कुटपिट गरेका हुन् । दुवै जना विराट शिक्षण अस्पतालमा बिरामी रुँगेर बसेका थिए । कौशलकी आमा बिरामी रहेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट भट्टराईको नाकामा चोट लागेको छ । उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको छ । अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ । कुटपिटबाट सामान्य घाइते भएका भट्टराई लाइन्स क्लब आफ टंकीसिनवारी ग्रीन सीटीका प्रेसिडेन्टसमेत हुन् । उनमाथि डिजिटल तराजुलगायतले प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।