पथरी, १९ चैत्र / लायन्स क्लब अफ पथरीले स्वागत र परिचयात्मक कार्यक्रम २०७३ को आयोजना गरेको छ । पथरीशनिश्चरेमा आयोजित कार्यक्रममा परिचयात्मक कार्यक्रमका साथै नव सदस्यहरुलाई सर्टिफिकेट र पिन वितरण गरिएको थियो ।
मोरङ क्षेत्र नं. २ का एमालेका सांसद चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर राजन खत्री र फस्ट भाइस डिष्ट्रिक गर्भनर लिला ढुंगेल र लायन्स क्लब अफ पथरीका संस्थापक अध्यक्ष रामकुमार बस्नेतले लायन्सको बारेमा प्रष्टाएका थिए ।
कार्यक्रमका सभापति अध्यक्ष तुलसी ढकालले लायन्स क्लब अफ पथरीले सामाजिक क्षेत्रमा कार्यहरु गर्दै अघि बढिरहेको बताए ।