AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बन्द भएको कोशी अस्पतालको ‘एनआइसियू’ दुई वर्षपछि सुचारू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०८१, शनिबार १७:३९
90
Shares
विराटनगर / कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआइसियू बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ ।

कोशी अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा आज एक कार्यक्रमको आयोजना गरी बन्द भएको लामो समयपछि पाँच शैय्याको एनआइसियू सुचारु गरेको हो ।

एनआइसियू सेवा कोशीमा बन्द रहदा सर्वसाधरणले चर्को शुल्क लिएर निजी हस्पिटल जान बाध्य रहेका थिए । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको देखाउँदै कोशी अस्पताल प्रशासनले दुई वर्ष अगाडीदेखि एनआइसियूको उपकरणहरू स्टोरमा थन्काएर सेवा ठप्प पारेको थियो । अब एनआइसियू सेवा सुचारु भएपछि विरामीलाई सहजता भएको कोशी अस्पतालको मेसु डा. रविराज सिंहले बताए । थप जनशक्ति व्यवस्थापनमा ध्यान दिएर अगाडी बढने उनले बताए । ‘अहिले पनि जनशक्ति अभाव रहेको छ । विकास समितिबाट थप व्यवस्थापन गरेर एनआइसियूलाई व्यवस्थित गरेर अगाडी लैजानेछौं,’ उनले भने ।

अस्पतालको पेडयाडिक वार्ड ३२ बेडको संचालनमा रहेको छ । अहिले संचालन गरेको एनआइसियूमा मेडिकल अपिसर र स्पाट नर्स अभाव रहेको कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरीले बताए । बालरोग विशेषज्ञ चिकित्सक कोशीमा आठ जना रहेको छन् । तर, मेडिकल अपिसर र नर्सको संख्या न्यून रहेको छ । ‘एनआइसियूमा एउटा भेन्टिलेसनमा एक जना नर्सको आवश्यक पर्दछ । तर, अहिले पनि बच्चा वार्डबाट नर्स ल्याएर काम चलाएको छ,’ उनले भने, ‘भेन्टिलेसन चलाउन मेडिकल अपिसर कम्तीमा पनि तीन जना आवश्यक पर्दछ । त्यसको व्यवस्थापन अस्पतालले गर्नुपर्दछ ।’

अस्पतालमा एनआइसियू सुचारु भएपनि भेन्टिलेसन चलाउने जनशक्तिको अभाव रहेको अस्पताल स्रोतको भनाई छ । ‘भेन्टिलेसनमा राखिएको नवजात शिशुलाई २४ घण्टा कियर आवश्यक पर्दछ । अस्पतालमा प्रयाप्तमा मात्रमा बच्चाको विशेषज्ञ चिकित्सक भएपनि मेडिकल अपिसर र नर्सको चरम अभाव रहेको छ । अस्पताल प्रशासनमा जनशक्ति व्यवस्थापनमा तत्काल ध्यान दिन जरुरी रहेको छ,’ एक जना चिकित्सकले भने, ‘अहिले एसएनसियू (स्पेशल न्यु वन केयर युनिट’ मात्रै संचालनमा आएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर