AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको हिमालय दर्शन कलेजमा ‘इन्डक्सन सेसन’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८१, सोमबार १९:०१
486
Shares
विराटनगर / विराटनगर ९ स्थीत हिमालय दर्शन कलेजले यसै वर्ष भर्ना भएका १३७ जना विद्यार्थीहरुको इन्डक्सन सेसन सुरु गरेको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरी चार दिने इन्डक्सन सेसन सुरु गरेको हो ।

कार्यक्रममा कलेजको बारेमा अभिमुखिकरण गरिने छ । साथै विश्वविद्यालयको कोर्षकोलागि पूर्व तयारी गराउने कुरा क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।

कार्यक्रमको सहजकर्ताको रुपमा खल्ती एपका सिइओ अमित अग्रवाल, दुरशिक्षाका सिइओ कृष्ण पाण्डे, याक एण्ड यती होटलका फ्रन्ट अफिस मेनेजर हुमानाथ आचार्य, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ट, मोटिभेसन स्पीकर बसन्त अधिकारीलगायतले सहजिकरण गर्ने छन्।

कलेजका अध्यक्ष प्रा. डा. प्रमोदकुमार झाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेलले कलेजको बारैमा बताएका छन् । विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा प्रवेश गर्नु अघि यस प्रकारको तयारी गराउने एक मात्र कलेज हिमालय दर्शन कलेज भएको कलेजले दाबी गरेको छ ।

कोशी प्रदेशमै उत्कृष्ट कलेजको पहिचान बनाइसकेको हुनाले विआइएम, विएचएम, विसिए, विएससि सिएसआइटी कार्यक्रममा अध्ययन गर्न आफ्नो सिट सुनिश्चित गरेको कुरा विद्यार्थीहरुले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर