AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा कल्भर्टको पुल मुनि शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०८२, बुधबार ०७:५५
135
Shares
विराटनगर / विराटनगर–१७ स्थित छाला उद्योग नजिकै रहेको कल्भर्टको पुल मुनिको पानीमा शव फेला परेको छ ।

विराटनगर १७ को वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्टको पुल मुनि पानीमा मंगलबार साँझ शव फेला परेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्टको पुल मुनि साँझमा कपडाले बेरेर फ्यालेको अवस्था शव देखिएको भन्ने सूचनाका आधारमा हेर्दा शव देखिएको हो ।

डीएसपी लामिछानेले भने, ‘पुल मुनि शव रहेकाले पहिचान हुन सकेको छैन ।
घटनास्थल वरपर दुर्गन्धित रहेको छ । पुल मुनि पानी जमेको छ । उद्योगको फोहोर पानी जमेर दुर्गन्ध भएको हो वा शव सडेर दुर्गन्ध फैलिएको यकिन भइसकेको छैन, डीएसपी लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर