AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बिष्फोटमा परी २ बाल बालिकाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०८१, शुक्रबार १८:००
153
Shares
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका(५ डाँडा गाउँ स्थितमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ बर्षीया प्रिन्सा सावा र ११ बर्षीय दिप्सन सावा रहेका छन् ।

बिगत १० बर्षदेखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञानबहादुर राईको सपरिवार बस्दै आईरहेकोमा भाद्र १३ गते अपरान्ह ३ बजे राईको छोरा १३ बर्षीय पवन राई, छिमेकी दिलिप सावाको छोरा ११ बर्षीय दिप्सन सावा, छोरी २ बर्षीया प्रिन्सा सावा र दिपक राईको छोरा ७ बर्षीय दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक के कुन बस्तु बिष्फोट भएको थियो ।

बिष्टफोटबाट घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ बर्षीय दिप्सन राईको अवस्था सामान्य भएको र अन्य ३ जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा दिप्सन सावा र प्रिन्सा सावालाई थप उपचारको लागि लगिएकोमा प्रिन्सा सावाको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घरको पछाडि बारीको काँल्लामा समेत शंकास्पद डल्लो बस्तु फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट नेपाली सेनाको टोली घटना स्थलमा खटि गई आज विहान ११ बजेर २५ मिनेटमा डिस्पोज गरेको, उक्त संकास्पद बस्तु घरमा बनेको सकेट रहेको पुष्टि भएको तथा घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर