AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षकलाई एआइ तालिम रिसर्चजमा आधारित विद्यार्थी उत्पादन गर्दै पूसेट कलेज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०८१, मंगलवार १९:११
144
Shares
विराटनगर / रिसर्चमा आधारित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर–३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पसेट) लागि परेको छ ।

प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गर्नको लागि कलेजले शिक्षकहरुलाई प्रविधिसँग जोडेर अगाडी बढेको हो ।

त्यसको लागि कलेजले सबै संकायका शिक्षकहरुलाई भेला पारेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक हप्ता तालिम दिन सुरू गरेको छ । भदौ २ गतेसम्म संचालन हुने उक्त तालिममा पूविका आगिक क्याम्पस आवद्ध ५७ जना शिक्षकहरुको सहभागिता रहेको कलेजका निर्देशक नरेशकुमार साहले जानकारी दिए । शिक्षकहरुलाई सिर्चज बेस तालिम दिएर विद्यार्थीहरुलाई प्रविधसँग जोडेर अगाडी बढाउने योजना रहेको उनले बताए । ‘विश्व विद्यालयमा पढाई हुने भनेको ब्याचलर, मास्टर र रिसर्च हो । त्यसमा पनि अहिले पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया रिसर्चलाई फोकस गर्नुपर्छ भन्ने सुझाब दिए । त्यही अनुसार अहिले एआइको तालिम दिन सुरु गरिएको हो,’ उनले भने, ‘अहिले सिर्चजमा आधारित पढाई विद्यार्थीहरुलाई दिनपर्छ भनेर त्यसको लागि शिक्षकहरुलाई दक्ष बनाउनको यो तालिम दिएको हो ।’

स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीका डिन डा. पवनकुमार झाको योजना अनुसार शिक्षकहरुलाई तालिम दिएर प्रविधिमा पोख्त बनाउने बताइएको छ । यो तालिमपछि हरेक संकायले रिसर्च आर्टिकलहरू निकाल्नेछन् ।

खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा र फ्युज मेशिनका रोजेश शिखराकरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरेका छन् ।

प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । सहायक डिन मनोजकुमार हलुवाई साहले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए । पहिलो २ दिन एआई प्रविधिको बारेमा जानकारी दिने, तेश्रो र चौथो दिन खोजमा आधारित तालिम अनि अन्तिम २ दिन एआई सम्बन्धी सीप विकासको प्रशिक्षण दिइनेछ । प्रशिक्षणका लागि अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर