AArya
RUMPUM
animated ellipse animated ellipse

अधिकारीले गरे मुठ्ठीदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०८०, आईतवार १५:३८
189
Shares
विराटनगर / कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले विराटनगर १० स्थित संसारी माइ मन्दिरमा मुठ्ठीदान कार्यक्रम गरेको छ।

दैनिक एक मुठ्ठी अन्न संकलन गरी महिना दिनपछि पूर्णिमाको दिन पारेर मन्दिर वा गरीव दुःखिलाई दान गर्ने थालनी गरे अनुसार दोस्रो पटक सो कार्य गरिएको महानगर समितिकी कोषाध्यक्ष अन्जना अधिकारीले बताइन ।

अघिल्लो महिनाको पूर्णिमाको दिन विराटनगर खार्जी स्थित विन्दवासिनी मन्दिरमा मुठ्ठीदान कार्यक्रम गरिएको थियो । मुठ्ठीदानमा राजेन्द्रप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, सहसचिव नविन अधिकारी ,राजन अधिकारी ,रतन अधिकारी , सन्तोष अधिकारी भोजराज अधिकारीलगायत परिवारका अन्य सदस्यहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर