AArya
RUMPUM
animated ellipse animated ellipse

गन्तब्य नेपाल साउदीले बोनम्यारो पीडित कल्पनालाई सहयोग गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार १९:०४
3
Shares
उर्लाबारी, ८ चैत / पुख्यौली घर खोटाङ सप्तेश्वर भई हाल सुनसरी चक्रघटी निवासी बोनम्यारो पीडित कल्पना बाहिङ राईको उपचारको लागि गन्तब्य नेपाल साउदीले सहयोग गर्ने भएको छ ।
गन्तब्य नेपालका प्रतिनिधी रमेश कार्कीको अग्रसरतामा १८ बर्षीया कल्पनाको उपचारको लागि साउदीमा रकम संकलन गरिने भएको हो ।
हाल काठमान्डौ स्थित बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कल्पनालाई चाँडैं नगद १ लाख संकलन गरेर पठाउने तयारी भईरहेको छ । फागुन अन्तिम हप्ता देखि चैत्र पहिलो हप्ता सम्ममा बोनम्यारो प्रत्यारोपन गर्नु पर्ने तर आर्थिक अवस्था नाजुक भएको कारण कल्पना र कल्पना को परिवार चिन्तामा रहेको समाचार बिभिन्न सञ्चार माध्यममा आएपछि सहयोग संकलनमा जुटेको कार्कीले बताए ।
कल्पनाको उपचारको लागि हाल हस्पिटलले १३ देखि १५ लाख सम्म जुटाउनु भनेको बताइएको छ । कल्पना बाहिङको जीवन रक्षाको लागि सहयोगी हात फिजाईसकिएको र काठमाडौंमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको गन्तब्य नेपालकै अर्का प्रतिनिधी कर्ण नाल्बोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर