AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७९, शनिबार १८:०८
369
Shares
विराटनगर / विराटगर – १३ मा अवस्थित पूर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली कला र रंगमञ्चमा विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले कथा लेखन कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा ग्रिन हाउस समुहले प्रस्तुत गरेका नाटक ‘महिला हिंसा’ प्रथम भएको थियो । यस्तै ब्लु हाउस समुहले प्रस्तुत गरेको नाटक ‘साथीको महत्व’ दोस्रो, एलो हाउस समुहले प्रस्तुत गरेको नाटक ‘उज्वल भविष्य’ तृतीय र रेड हाउस समुहले प्रस्तुत गरेको नाटक ‘छोरी र दाईजो’ सान्त्वना भएको थियो ।

प्रतियोगितामा रंगकर्मी तथा पत्रकार कटवाल दीपक निर्णायको भूमिकामा रहेका थिए । पूर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलले यसअघि पनि कथा, नृत्य, हस्त लेखन र चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको स्कुलमा प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर