शिक्षादीप मेनेजमेन्टले गर्यो अभिमुखिकरण गोष्ठी

खबर पूर्वाञ्चल, ३० श्रावण २०७९, सोमबार १७:४४
1.35k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १६ औ ब्याचका व्यवस्थाप संकायका भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी आज सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका भएका ३ सय ५७ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेम्सका निर्देशक डा. नविन शर्मा ,विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यस्थापन संकायका कार्यक्रम संयोजक शंकर भट्टराई, कलेजका संस्थापक शैलेन्द्र शिवाकोटीलगायतले बोलेका थिए ।
अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थी अनुसा भट्टराई, आयूस कर्ण र अमन झाले बताए ।

यस अघि हिजो कलेजले विज्ञान संकायका ७ सय १० जना विद्यार्थीलाई अभिमुखिकरण गोष्ठी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५