AArya
RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकललाई ठक्कर दिई फरार भएका ट्रक चालक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०८०, शुक्रबार १८:५३
468
Shares
विराटनगर / मोरङको कटहरीमा मोटरसाईकललाई ठक्कर दिई फरार भएका ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असोज ९ गते बुढिगंगा गाउँपालिका १ का ३५ बर्षीय चन्द्रमणी अधिकारी सवार को १३ प ३० नंम्वरको मोटरसाईकललाई कटहरी ४ स्थित चम्राही चोकमा प्रदेश १–०५००१ ख ००७७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । टङकको ठक्करबाट घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिएर फरार भएका ट्रक चालक सिराहा कल्याणपुर नगरपालिका १२ का ४० बर्षीय श्याम सुन्दर महतोलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । महतोलाई सवारी ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर