पूर्वाञ्चल खबर
‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् ।
पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।
‘प्रेमिकाको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको देखियो,’ उनले भने,‘विवादकै कारण आज ‘ग्याङफाइट’को योजना बनाएको पाइयो ।’ ‘ग्याङफाइट’को तयारीमा रहेका केही फरार रहेको उनले बताए । पक्राउ परेका अन्य १२ जना नावलाक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ ।
पक्राउ परेका अलिको साथबाट प्रहरीले तरवाल फेला पारेको हो । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाडी र नखलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए । ‘उक्त सूचना प्रहरीले बेलैमा जानकारी पायो । मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूको साथबाट हातहतियारसहित पक्राउ गर्न सफल भयो । आज हुनसक्ने ठुलो दुर्घटना प्रहरीले रोक्न सफल भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले भने ।
पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए । ‘अहिले घटनाको अनुसन्धान गर्दै आएका छौँ,’ डिएसपी दाहालले भने, ‘अर्को समूहको को रहेछ । त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।’