AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध गाँजा बोकेको एम्वुलेन्ससहित चालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०८०, बुधबार १६:०७
351
Shares
विराटनगर /मोरङको विराटनगर महानगरपालिका १८ लाभाघाटबाट गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले मंगलबार राती करिव १० बजे चेक जाँचको क्रममा को.१ च ४६१९ नम्बरको एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो ।

लागुऔषध गाँजा बरामद भएसंगै राजन अधिकारी फाउण्डेसन धरानद्धारा सञ्चालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको विआर ३८ एफओ ३३६ नम्वरको भारतीय मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले विराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागुऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर