AArya
RUMPUM
animated ellipse animated ellipse

तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १८:५४
3
Shares
विराटनगर, ५ चैत /विराटनगर भित्र रहेका आदिवासी जनजाती समुुदायका लागी संञ्चालन गरिएको दुई दिने नेतृत्व विकास तथा कानुुनी शिक्षा सम्वन्धि तालिम सम्पन्न भएको छ ।
नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरको आयोजना तथा विराटनगर उपहानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।
तालिममा विकासका अवधारणा र दिगो व्यवस्थापन, लैङ्गिक अन्तर पुस्ता र अन्तर सांस्कृतिक अवधारण, समुह गठन प्रक्रिया, समय व्यावस्थापन, त्यसैगरि संचार तथा मिडीया व्यावस्थापन र नेपाल आदिवासी जनजाती महांसंघको संसोधित विधान २०७३ र नेपालको संविधान २०७२का मुलभुत विशेषताको बारेमा तालिम प्रदान गरिएको थियो ।
तालिमको विराटनगर उप महानगरपालीकाका कार्यकारी अधिकृत दिपक कोईराला, राजेन्द्र प्रधान, दशीलाल चौधरी, नविन कर्ण, मिलनकुमार राई, सुरेस सिंह गनगाई र राधा मण्डल लगायतले प्रशिक्षण दिएका थिए ।
तालिममा विभिन्न जातिय संस्थाका ३ दर्जन भन्दा वढिको सहभागिता रहेको महासघका सचिव प्रेम देवानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर