खबर पूर्वाञ्चल
कक्षा ४ मा अध्ययनरत श्रीयंशका बुवा निश्चलले अभिभावकहरुसँग भेला, बैठक हुने गरेपनि यो किसिमको कार्यक्रममा भने यस अघि सहभागि नभएको बताए। कार्यशालाले अभिभावकलाई आफ्नो बच्चालाई कसरी ‘प्यारेन्टिङ’ गर्ने भन्ने विषयमा जानकारी गराएको बताए । उनले भने, ‘जुन हिसाबले हामीले प्यारेन्टिङ गर्दै आएका थियौं, त्यसमा सुधार्नुपर्ने देखियो ।
बालबालिकाका जिज्ञासालाई व्यवहारिक रुपमा बुझाउन सके उनीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने रहेछ । निश्चलको जस्तै कक्षा ५ का विद्यार्थी वैभव बुढाथोकीकी आमा कर्ता श्रेष्ठले पनि कार्यशालाले बच्चालाई घरमा कसरी गाइड गर्ने भन्ने बिषयमा धेरै जानकारी दिएको बताइन्। जागिरमा हुने अभिभावकलाई कम समयमा पनि बच्चालाई कसरी प्रभावकारी रुपमा समय दिने भन्ने बिषयमा समेत जानकारी दिएको बताइन्। उनले एभरेष्टले अपनाएको ‘एक्टिभिटी बेस लर्निङ’ असाध्यै राम्रो रहेको भन्दै यसले बच्चाहरुमा चौतर्फी विकास गराउने बताउइन्। उनले भनिन,‘हामीले चाहेको पनि एक्टिभिटी बेस लर्निङ हो जुन यो विद्यालयमा पनि पाइयो ।
रातो बंगला फाउण्डेसनसँगको सहकार्यमा व्यवहारिक शिक्षण पद्दत्ति अपनाउँदै आएको एभरेष्ट स्कुलले समय समयमा अभिभावकहरुलाई विद्यालयले अध्ययापन गराउने विधिका बिषयमा जानकारी गराउँदै आएको छ । यस्तै विद्यालयले अभिभावकहरुलाई घरमा पनि बालबालिकालाई सोहि अनुसारको वातावरण बनाउन समेत आग्रह गरेको छ । बालबालिकालाई जस्तै विभिन्न कृयाकलापमा सहभागि गराएर बालबालिकालाई घरमा कसरी गाइड गर्ने भन्ने बिषयमा जानकारी दिएको छ ।
विद्यालयको वातावरणले मात्र नभई घरको वातावरणले समेत बालबालिको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने भन्दै यस्ता कार्यशालाहरु आयोजना गरिएको विद्यालयका सह प्राचार्य टीएन भण्डारीले बताए। शुक्रबार र शनिवार आयोजना भएको कार्यशालामा कक्षा २ देखि कक्षा ५ सम्मका तीनसय भन्दा बढी विद्यार्थीका अभिभावकहरुले सहभागिता जनाएका छन् ।
विद्यालयकी प्राथमिकतह इन्चार्ज दिपिका सुवेदीले अभिभावकलाई मनोरञ्जनका विभिन्न कृयाकलापमा सहभागि गराउँदै कार्यशाला सञ्चालन गरेको बताइन्। कक्षा – ४ का विद्यार्थी आरध्य पाण्डेकी आमा मनिषा दाहालले पनि घरमा अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने विषयमा कार्यशालाले सिकाएको बताइन्। सीप, संस्कार र प्रविधिलाई एकसाथ अघि बढाएको एभरेष्ट स्कुलले रातो बंगला फाउण्डेसनसँगको सहकार्य पछि कृयाकलापमा आधारित अध्ययापन गराउँदै आएको छ ।
समय समयमा शिक्षक, विद्यार्थी र अभिभावकलाई तालिम तथा कार्यशालाहरुको आयोजना गर्दै आएको छ । यस्तै प्रत्येक विद्यार्थीका हरेक कृयाकलापलाई नजिकबाट अध्ययन गर्दै उनीहरुको व्यवहार अनुसार शिक्षण सिकाई गर्ने अभ्यास एभरेष्ट स्कुलले गर्दै आएको छ ।
सहभागि अभिभावक निश्चलले भने, अध्ययन गराउने तरिका साच्चै राम्रो, अझ यतिधेरै विद्यार्थीमा हुँदा पनि प्रत्येकको पढाई मात्र नभई हरेक व्यवहार र कृयाकलापको निगरानी भएको पाइयो । जुन असाध्यै राम्रो लाग्यो ।’ एभरेष्टका विद्यार्थी युगसापेक्ष उत्पादन हुर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, प्रिन्सिपल टिकाराम पुरीले भने,‘त्यसका लागि हामीले भौतिक पूर्वाधारमा मात्र नभई सिकाई पद्दतिलाई पनि बदलेका छौं । प्रविधिलाई पनि आत्मसाथ गरेका छौं ।’