AArya
animated ellipse animated ellipse

कृषि अभियानताहरुद्वारा विश्व खाद्य दिवसको अवसरमा एसियाका साना कृषकहरुसँग ऐक्यबद्धता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८०, बिहीबार १६:४४
180
Shares
विराटनगर / विश्व खाद्य दिवसको अवसरमा एसियाका साना कृसकहरुसँग ऐक्यबद्धता जनाउदै दिगो बिकास ईन्स्टिच्युट, जागरन विराटनगर, राजसती र सर्बदा महिला सहकारी संस्थाको सदस्यहरु लगायत् कृषि अभियानताहरले विराटनगरमा भेला आयोजना गरेको छ ।

मुख्यमन्त्रीको कार्यालय नजिक रहेको रोडसेष चोकमा ५५ जना अभियानताहरु जम्मा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई र सम्बन्धित सरोकारवाललाई सम्बोधित गरी लेखिएको नागरिक सरोकारको पत्र पढाएर सुनाइएका थिए ।

स्थानीय आवश्यकता अनुसार, स्थानीय खाद्य उत्पादन प्रणाली, कृषि जनताका लागि, नाफाका लागि मात्र होइन!, खाद्य र जलवायु न्याय बिना, लैङ्गिक न्याय सम्भव छैन !, साना किषानको उन्नती देशको प्रगती ।, बिषादी रहित कृषि, अवको आवश्यकता, जहाँ छ फाईदामुखी कृषि त्यहाँ पर्यावरणको बरबादि, हाम्रो माग जलवायु–उत्थानशील खाद्य प्रणाली !, गलत समाधानका उपायहरुलाई अस्विकार गरौँ ।, महिला र बालबालिकाको खाद्य अधिकारको रक्षा गर । अबको बाटो पर्यावरणीय कृषि, स्थानिय कृषिको प्रवर्धन गर् ।, स्थानीय बीउ संरक्षण र प्रवर्द्धन गरलगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्डहरू समातेर अभियानताहरु उपस्थित भएका थिए ।

कृषि अभियानताहरुले मुख्यमन्त्री तथा कृषि मन्त्रालयलाई किसानको स्थानीयता, स्वतन्त्र र दिगो खाद्य उत्पादनलाई समर्थन गर्न, साना किसानका उत्पादनलाई प्राथमिकता दिन र साना किसानमुखी नीतिहरू बनाउन आग्रह गरेका थिए। कृषि उत्पादन र बजारमा सिमित समुह र वर्गको एकाधिकार र जलवायु र खाद्य संकट सम्बोधन गर्ने नाममा आएका गलत समाधानहरुको बारेमा गहिरो चिन्ता व्यक्त गरे । सरकारलाई कृषि व्यवसायको एकाधिकार अन्त्य गर्न, किटनाशकको प्रयोग पूर्ण रुपमा बन्द गर्न,भूमि, बीउ, र प्राविधिक स्वामित्वको लोकतान्त्रिकीकरण; र राष्ट्रिय र स्थानीय कृषिमा साना किसान को निर्णय गर्ने अधिकार बढाउन माग गरे ।
गत बर्ष पनि खाद्य दिवसको अवसर पारेर दिगो बिकास ईन्स्टिच्युट लगायत बिभिन्न खाद्य अभियानताहरुद्वारा बिराटनगरमा रैथाने खाध्य तथा कृषि मेला सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर