AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८०, सोमबार १९:०८
252
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्।

इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा उनको घरमा प्रहरीले छापा हानेको थियो।

घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए।

पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर