पूर्वाञ्चल खबर
मैथिली भाषाको संरक्षण,सम्वर्धन,प्रवद्र्धन गर्ने उदेश्यले सांस्कृतिक,साहित्य,चित्रकला,गीत संगीत नृत्यको संरक्षण गर्दै मैथली पर्वमा सार्वजनिक विदाको माग गर्दै मेचीदेखि महाकाली समूह हस्ताक्षर अभियानको प्रारम्भ भएको हो ।
विगत १५ बर्ष देखि समाजले मोरङ सुनसरी जिल्लाको गाउँ टोलमा कार्यक्रमहरु सञ्चालन गरी मैथिली भाषा र कलालाई जन जनसम्म पुर्याउन सफल भएको छ ।२०७८को जनगणना अनुसार विराटनगर महानगर पालिकामा मैथिली भाषा प्रथम स्थानमा ओगटन सफल भएको छ ।
राष्ट्र र कोशी प्रदेशमा दोश्रो स्थानमा मैथिली भाषा रहेकाले यसभाषालाई भाषा आयोगले कामकाजी भाषाको रुपमा सिफारिस गरेको छ ।तसर्थ यस्ता प्राचीन सु–सभ्य भाषालाई स्थानीय सरकार र प्रदेश सरकारले आफ्ना आधारभुत शिक्षाको पाठकक्रममा समावेस गर्नु पर्ने उदेश्यसहित नेपालको मिथिला मधेशको बहुसंख्यक जातजातीले मनाउने जितिया (जिउतिया) जुन आफ्नो संतानकोवृद्धि संतानको दृघायु पारिवारिक सुख शान्तिका लागि गरिने निर्जला व्रत जुन धेरै कठिन पर्वको रुपमा गरिन्छ ।
यस्ता महान पर्वमा देशभरी सार्वजनिक बिदाको रुपमा घोषणा गर्न र प्रदेशमा मैथिली भाषा कार्यान्वयन गराउनका निम्ती अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाको नेतृत्वमा मेचीदेखि महाकाली समूह हस्ताक्षर अभियानको प्रारम्भ विराटनगरको वडा नं..४ मा मैथिली अभियानी संजु यादवको अध्यक्षता र वडा नं.५ मा विराटनगर नारी उत्थान समाजकि अध्यक्ष एवं मैथिली अभियानी चम्पा पालको अध्यक्षतामा बृहत हस्ताक्षर अभियान संचालन भएको छ