पूर्वाञ्चल खबर
उर्लाबारी नगरपालिका १ झारसादी स्थित दिपेश धिमालको घरमा नियन्त्रित लागू औषधको खरीद बिक्री भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धीत औषधी आज बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले मोरङ उर्लाबारी नगरपालिका १ का २१ वर्षीया दिपेश धिमाल, सोही ठाउँका २० वर्षीया मेघराज माझी, २० वर्षीयो धिरेन राई र २१ वर्षीया समिर बर्देवा प्रतिबन्धित औषधीसहित बरामद गरेको छ ।
यसैगरी उर्लाबारी नगरपालिका वडा ३ थापाचोक स्थित प्रभु तामाङको घरमा नियन्त्रित औषधी बिक्रि बितरण तथा ओसारपसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा उर्लाबारी ३ थापाचोक बस्ने बर्ष १८ का प्रभु तामाङ, मोरङ पथरी सनिश्चरे नगरपालिका २ का २० वर्षीया बिबेक दर्नाल रहेका छन् ।
प्रहरीले ट्रामाड्रोल ३६६ क्याप्सुल र स्पासपन ३६६ क्याप्सुल औषधीहरु बरामद गरेको छ