खबर पूर्वाञ्चल
समितिको उपाध्यक्षमा सत्यनारायण साह, सचिवमा देवनारायण साह, कोषाध्यक्षमा सुनिता साह चयन भएका छन् । यस्तै सदस्यमा अञ्जु साह, सुनिता साह, संगिताकुमारी साह, सरिता साह, सत्यनारायण साह, संजयकुमार साह, रवि गुप्ता, दुर्गीनारायण साह र लक्ष्मण साह चयन भएका छन् । त्यसैगरि सल्लाहकारमा युवराज साह, रामेश्वर साह, सकलदेव साह, श्रीलाल साह, अरविन्दकुमार साह र उपेन्द्रप्रसाद साह चयन भएका छन् ।
महानगर तदर्थ समितिका संयोजक सञ्जय साहका अध्यक्षतामा बसेको उक्त भेलामा समाजका जिल्ला अध्यक्ष डा.बालकृष्ण साह, जिल्ला सदस्यहरू उचितनारायण साह र गणेश साह, शिक्षा समिति संयोजक दिपक साहलगायत करिब ४५ जनाको उपस्थिति रहेको थियो ।
यसअघि वडा नम्बर ६ मा र वडा नम्बर ८ मा समिति गठन गरिसकिएको तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा. साहले जानकारी दिए ।