RUMPUM
animated ellipse animated ellipse

अन्तराष्ट्रिय उपभोक्ता दिवशमा सचेतनामूलक प्रभातफेरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७३, बुधबार १७:५६
3
Shares
विराटनगर, २ चैत / अन्तराष्ट्रिय उपभोक्ता दिवशका अवसरमा आज विराटनगरमा सचेतनामूलक प्रभातफेरी निकालिइएको छ ।
सिडियो कार्यालयबाट निस्केको प्रभातफेरीले गोल्छा चौक,जलजला मोड, हस्पिटल चौक हुदै जिल्ला समन्वय समिति मोरङमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।
प्रभातफेरीमा सहभागीहरुले लेबलमा उपभोग्य मिति उल्लेख गरौं उपभोक्ता नठगौं, नियम सम्भत व्यवसाय गरौं,प्रत्येक पसलले अध्यावद्यिक मूल्य सुची राख्ने गरौं, कालोबजारी नगरौं अनुचित नाफा लिन बन्द गरौं लगायतका प्लेकार्ड बोकेर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले नेपालमा उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपनि व्यवहारमा कार्यान्वयन हुन समस्या भएको बताए । जिल्ला समन्वय समिति मोरङका संयोजक शोभाखर रेग्मीले उपभोक्ता दिवसको शुभकामना दिदै बर्षेनी उपभोक्ताहरु अखाद्यय सामाग्रीहरुको प्रयोगले रोगको जोखीममा परेर करोडौंको धनराशी विदेशिएकाले सबै सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उपभोक्तावादी उत्तम ढुंगेलले उपभोक्ता अदालत गठन हुन नसकेको र अनुगमन गर्दा कैफियत पाइएकाहरुलाई पनि झनझटिलो कानुनी प्रक्रियाले गर्दा सजाय गर्न समस्या भएको बताए । उद्योग संगठन मोरङका सदस्य राकेश सुरानाले अहिले पनि खानेपानीमा उपभोक्ता ठग्गीरहेको बताए । उनले फ्याक्ट्रीबाट भ्याट बिल तिरेर ८ रुपैया पर्ने पानीको बोतल अहिले बजारमा २० देखि ३० सम्म विक्री भैरहेको बताए ।
पेय पदार्थ कोकाकोला २५ मा पाउनु पर्नेमा ३० देखि ३५ सम्म बजारमा विक्री भैरहदा पनि नियमनकारी निकायले वेवास्ता गरेको बताएका छन् । सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो ।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख , उपभोक्तावादी संघसंगठनका प्रतिनिधि , विद्यार्थी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर