AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते स् ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०८०, आईतवार १८:०२
153
Shares
विराटनगर / कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप भएको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो ।

प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् । भिडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो ।
आज कोशी प्रदेशसभाको बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर