विराटनगर /कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो लिम्वुले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान आगामी नीति तथा कार्यक्रममा मार्फत गरिने बताएका छन् ।
मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्र्याैदा सम्बन्धी छलफल कार्यक्रममा उनले त्यस क्षेत्रको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान बजेटमार्फत गरिने स्पष्ट पारे ।
मन्त्री लिम्वुले सरकारले सबै नागरिकहरुलाई खानेपानीको पहुँच सहज उपलव्ध गराउनु भन्दै प्रदेश भित्र खानेपानीलाई ऐन मार्फत व्यवस्थित गर्ने बताए ।
मन्त्रालयका सचिव नविनराज सिंहले सरकारले सहलगानीको आधारमा आधारभूत र गुणस्तरीय खानपानी नागरिक समक्ष पु¥याउनु रहेको बताए ।
लोमन्थी आवासको लागि सहयोगका कार्यकारी निर्देशक लजना मानन्धरले खानेपानीमा महिला, सीमान्कृत र पिछडिएका जनताको पहुँच पु¥याउन विधेयक परिमार्जन गर्र्नु मुख्य उद्देश्य रहेको बताइन् ।
नागरिकको खानेपानी तथा सरसफाइमा पहुँच सम्बन्धी मौलिक अधिकारको सम्मान र संरक्षण गर्दै सुरक्षित , भरपर्दो एवं व्यवस्थित खानेपानी, सरसफाई तथा स्वच्छता सेवामा सहज र सर्वसुलभ पहुँच पु¥याइ प्रभावकारी नियम तथा अनुगमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न आवश्यक सुझाव सङ्कन गर्नु छलफलको मुख्य उद्देश्य रहेको छ।
छलफलमा मन्त्रालय, स्थानीय निकायका प्रमुख, विभिन्न खानेपानी तथा सरसफाई सम्बन्धी सङ्घसंस्थाका प्रतिनिधिहरु राज्यले नागरिकको स्वास्थ्यप्रयित सम्वेदनशील भई स्वच्छ एवं गुणस्तरीय पानीको सर्बसुलभ रुपमा उपलव्ध गराउन विधेयकमा उल्लेख सुझाव दिएका थिए ।