नेपाल क्षयरोग निवारण संस्थाको महाधिवेशन विराटनगरमा हुने
पूर्वाञ्चल खबर
१ चैत्र २०७३, मंगलवार १९:११
3
Shares
विराटनगर, १ चैत / नेपाल क्षयरोग निवारण संस्थाको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने भएको छ ।
आगामी चैत ४ र ५ गते विराटनगरमा हुने केन्द्रीय महाधिवेशनमा ३८ जिल्लाका प्रतिनिधि सहभागि हुने भएका छन् । ३८ जिल्लाका ३÷३ गरि १ सय १४ जना र केन्द्री समितिका १९ जना गरि १ सय ३३ जनाको सहभागिता रहने प्रचार प्रसार उपसमितिका संयोजक डा.सन्देशदास श्रेष्ठले जानकारी दिए ।
‘क्षयरोग अन्त्यका लागि सबैं संगठित होऔं’ भन्ने नारालाई साकार पार्नका लागि हुन लागेको केन्द्रीय महाधिवेशन मोरङ जिल्लाको आतिथ्यमा हुन लागेको नेपाल क्षयरोग निवारण संस्था मोरङका सचिव भैरव क्षेत्रीले बताए ।
१० औं केन्द्रीय महाधिवेशन र ३७ औं केन्द्रीय सभाको अधिवेशन सम्पन्न गर्नका लागि करिव ७ लाख रुपैयाँ लाग्ने सचिव क्षेत्रीले जानकारी दिए । दशौं केन्द्रीय महाधिवेशन तथा ३७ औं अधिवेशन सफल बनाउनका लागि घनस्याम राठीको संयोजकत्वमा मुल आयोजक समिति बनाईएको छ ।
नयाँ नेतृत्वका लागि दुई जनावीच प्रतिष्पर्धा हुने भएको छ । ललितपुर शाखाका अध्यक्ष देवेन्द्रबहादुर प्रधान र सुनसरी शाखाका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठवीच प्रतिष्पर्धा हुने भएको छ ।